ललितपुर । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले गोदावरी नगरपालिका १० चापागाउँको टाहाखेलमा दुघ्धजन्य पदार्थहरुको खरीद तथा बजारीकरणको लागि दुग्ध प्रशोधन उद्योग सन्चालन गर्ने भएको छ ।

संघको नवनिर्मित भवनमा यही पुष महिनाबाट उद्योग संचालन गरिने र ललितपुरका विभिन्न स्थान बाट दुध संकलन गरी दही ,पनिरजस्ता खाद्य सामग्री उत्पादन तथा विक्रीवितरण गरिने संघका उपाध्यक्ष कृष्णबहादुर बलले बताए । हाल नायाँ भवनमा भ्याट तथा प्रशोधनका लागी आवश्यक पर्ने अन्य सामाग्रीहरुको जडान भैरहेको छ ।

शनिबार संघले दुध प्रशोधन तथा विविधिकरण गाईड लाईन सम्बन्धी एक तयारी गोष्ठी सम्पन्न गरेको छ, जसमा ४० बढी संघका प्रतिनिधि , कृषक तथा दुग्ध उद्योगी व्यवसायीहरुको सहभागीतारहेको थियो । उक्त गोष्ठीमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले दुग्ध पदार्थको सरसफाई , गुणस्तर कायम तथा अन्य प्रशोधन सम्बन्धी प्रस्तुतीकरण दिएका थिए भने वोर्डका प्राविधिक निर्देशक बालक चौधरीले प्रशोधन तथा विविधिकरणको विषयका प्राविधिक पक्षको बारेमा जानकारी गराएका थिए ।